सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकैदिन १८२ जनामा कोरोना पुष्टि

२०७७ असार १८, ०४:४० खबर संवाददाता

धनगढी : कैलालीमा एकैदिन एक सय ८२ जनामा कोरोना पुष्टि भएको छ। बिहिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा एक सय ६५ र धनगढी प्रयोगशालामा भएको परीक्षणमा १७ गरी आज जिल्लाका एक सय ८२ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै धनगढीमा बिहिवार भएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो। योसंगै कैलालीमा संक्रमितको सङख्या ८ सय ७४ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस