सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामसङ ग्यालेक्सी एम ११ बजारमा, कति छ मूल्य ?

२०७७ असार १६, ०६:५० खबर संवाददाता

सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ११ स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ। 

यसमा चाँडै मोबाइल चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा रहेको छ। यस फोनको स्टोरेज क्षमता माइक्रो एसडी कार्डको माध्यमबाट ५१२ जिबिसम्म सहजै बढाउन पनि सकिन्छ।

ग्यालेक्सी एम ११ को ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नका लागि १३ मेगापिक्सलको मेन क्यामरा, ५ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यू रहेको छ। 
यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य १८ हजार ९सय रहेको छ।
 

कमेन्ट लोड गर्नुस