सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक अर्काको सहरामा जोखिम मोलेर खोला तर्न बाध्य विद्यार्थी

२०७५ साउन ४, ०६:४९

प्रधानमन्त्री केपी शर्मा ओली हरेक भाषणमा तुईन व्यवस्थापनको कुरा जोडतोडका साथ उठाउन गर्दै आएका छन तर दार्चुलाका वासीन्दा भने तुईन समेत नपाएर जोखिमको यात्रा गर्न बाध्य छन् । जिल्लाको व्यास गाउँपालिका ३ सीनाका विद्यार्थीहरु विद्यालय आवतजावत गर्दा जोखिम मोलेरै खोला तर्न बाध्य छन् । बर्खाको समयमा पनि उनीहरु स्थानीय घट्टेखोलामा आवतजावत गर्न बाध्य छन् । 

सो क्षेत्रका विद्यार्थीहरुले कक्षा ५ उत्तिर्ण गरेपछि सोही खोला भएर अर्को विद्यालयमा जानुपर्छ । सिद्धमावि सिनामा अध्ययनरत १ सय २५ जना विद्यार्थीको आवतजावत त्यहि खोलाबाट हुने गरेको विद्यालयका शिक्षक पदमराज भट्टले बताए । कक्षा १ देखि ५ सम्मको विद्यालय गाउँमै रहेको छ । खोलामा विद्यार्थीहरु एक अर्काको हात समोतर वारीपारी गर्छन् । 

कमेन्ट लोड गर्नुस