सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती किनारमा घाटीमा डोरीले बाँधेको अवस्थामा नवजात शिशुको शव फेला

२०७७ असार १६, ०७:१८ खबर संवाददाता

धनगढी : सेती नदी किनारमा घाटीमा डोरीले बाँधेको अवस्थामा नवजात शिशुको शव फेला परेको छ। डोटीको दीपायल सिलगढी नगरपालिका ३ स्थित आयुर्वेदीक अस्पताल नजिक रहेको सेती नदीको किनारमा शिशुको शव फेला परेको  हो।

जन्मेको २२ देखि २५ घण्टा सम्मको शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज रमेश बहादुर शाही शाहीले बताए।

घाटीमा डोरी लगाएको अवस्थामा शिशुको शव फेला परेको उनले बताए। यस बारे थप अनुसन्धान भइरहेको उनले बताए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस