सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम संयोजक भण्डारीले असहायसँग मनाए जन्मोत्सव

२०७७ असार १५, ०९:४० खबर संवाददाता

धनगढी : सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले असहायसँग जन्मोत्सव मनाएका छन्।

सामाजिक सञ्जाल फेसबुक ग्रुप धनगढी ग्यालरीका एड्मिन समेत रहेका भण्डारीको जन्म दिनको अवसरमा हृदयको आँखा कार्यक्रम मार्फत धनगढी स्थित आमाको माया छात्रबासमा आश्रीत असहाय विद्यार्थीलाई सहयोग गरेका हुन्।

हेल्प फर ह्याप्पीनेसले छात्रवासमै आयोजना गरेको कार्यक्रममा विद्यार्थीका लागि आवश्यक पर्ने  खाद्यान्न ,मसला तरकारी लगायतका सामान हस्तान्तरण गरिएको हो।

 

कार्यक्रममा ह्याप्पीनेसको आपतकालीन असहाय सहयोग कोषका संयोजक केशव पौडेल लगायतका अन्य सदस्यको समेत उपस्थिती रहेको थियो।

संस्थाका संयोजक  भण्डारीले जन्म दिनमा फजुल खर्च गर्नुभन्दा असहायसँग खुसी साट्न छात्रवासका विद्यार्थीसँग जन्मोत्सव मनाएको बताए।

उनले खुसी नपुगेको स्थानमा खुसी पुर्याउने उद्देश्य अनुसार नै  जन्म दिनको अवसरमा छात्रवासमा आश्रीत विद्यार्थीलाई सहयोग गरिएको बताए।

संस्थाले हृदयको आँखा कार्यक्रम संचालन गरी विभिन्न अवस्थामा रहेका असहायहरुलाई समय समयमा सहयोग गर्दै आएको छ। 

 

कमेन्ट लोड गर्नुस