सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलह किरा रोकथामका लागि के छ धनगढी उप-महानगरपालिकाको तयारी ?

२०७७ असार १४, ०७:४१ रासस

धनगढी: कृषि विज्ञले पश्चिम नेपालमा सलह किरा आउनसक्ने पूर्वअनुमान गरिएपछि धनगढी उप–महानगरपालिका यसको रोकथाम व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ। आज उप–महानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीको सहभागितामा सलहले पु¥याउने क्षति रोक्ने विषयमा छलफल गरिएको छ। 

नगरप्रमुख नृपबहादुर ओडले सलह किराले पु¥याउने सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको बताए। उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यसको क्षति घटाउनका लागि अपनाइने उपायका बारेमा जिङ्गल बनाएर वा माइकिङ गरेर किसानसम्म सूचना पु¥याउने र वडातहबाट पनि सूचना प्रवाह गर्ने योजना बनेको बताए।

उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराको प्रकोप रोक्न विषादी प्रयोगका अलावा किराले प्रजनन् गर्नसक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुलजालको प्रयोग गर्न सकिने लगायतका नियन्त्रणका विधि पनि अपनाउन सकिने बताए।
 

कमेन्ट लोड गर्नुस