धनगढीमा भैँसीले हान्दा ९० वर्षीया बृद्धाको मृत्यु
२०७७ असार १४, ०७:०२
धनगढी: धनगढीमा भैसीले हान्दा घाइते भएकी ९० वर्षीया बृद्धाको मृत्यु भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा स्थानीय नौले लुहारको भैँसीले हान्दा ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले बाख्रा चराउन गएका बेला भैँसीले हानेपछि घाइते भण्डारीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।
कमेन्ट लोड गर्नुस