सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिलायबल इन्स्योरेन्स धनगढीका प्रमुख विष्टद्धारा जन्मदिनको अवसरमा आर्थिक सहयोग

२०७७ असार १४, ०५:४० खबर संवाददाता

धनगढीः रिलायबल इन्स्योरेन्स धनगढी शाखाका प्रमुख चन्द्र विष्टले जन्मदिनको अवसरमा कलेजो प्रत्यारोपण गरेका बालकको उपचारमा सहयोग गरेका छन्।

जन्मदिनको अवसरमा विष्टले भारतमा कलेजो प्रत्यारोपण गरेका बैतडीका पत्रकार महेश अवस्थीका छोराको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले नगद राशि प्रदान गरेका हुन्।

उनले अवस्थीका छोरा शिवासको उपचारका लागि १० हजार एक सय एघार रुपैँया सहयोग गरेका हुन्। विष्टले जन्म दिनमा फजुल खर्च गर्नुभन्दा मानवीय सेवामा लगाउन उत्तम हुने भएकाले सहयोग गरिएको बताए।

कमेन्ट लोड गर्नुस