सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिन बसेर घर गएका युवकलाई १० दिनपछि कोरोना पुष्टि, गाउँमा त्रास

२०७७ असार १४, ०२:३८ खबर संवाददाता

धनगढी: कैलालीमा क्वारेन्टिनबाट घर गएका एक युवकमा १० दिनपछि कोरोना पुष्टि भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर २ का एक युवकमा कोरोना पुष्टि भएको भन्दै आइतबार आइसोलेसन कक्षमा ल्याइएको छ। 

एक महिनाअघि उनीसँगै भारतबाट आएका नौ जना ककरसिँह आधारभुत विद्यालयमा बस्दै आएका थिए। ती मध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण नभएकाहरु मध्येका ती युवकलाई भने संकमण नरहेको भन्दै घर पठाइएको थियो। 

तर आइतबार उनलाई संक्रमण रहेको भन्दै घरबाट स्वास्थ्यकर्मीले आइसोलेसनमा ल्याएका क्वारेन्टिनमा रहेका एक युवकले दिनेश खबरलाई जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएका युवा गाउँमा पनि गएका कारण गाउँमा संक्रमण फैलिएको आशंका गरिएको छ। त्रसित गाउँलेमध्ये एक जनाको पनि कोरोना परीक्षणका लागि नमुना संकलन भएको छैन्। 

कमेन्ट लोड गर्नुस