सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको अन्द्राडीबासीलाई अमेरिकाबाट सहयोग

२०७७ असार १२, ११:०९ रासस

बाजुराको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नम्बर १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट  राहत वितरण गरिएको छ। 

लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका हुन। काठमाडौँ घर भएका शेर्पाले ९५० अमेरिकी डलर सहयोग पठाएका थिए। सो रकमबाट चामल, तेल र  साबुनका साथै  प्रतिपरिवार  पाँच सय  वितरण गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस