विपद कोषमा गौरीगंगाका वडा अध्यक्ष तिवारीद्वारा सहयोग गर्ने घोषणा
धनगढी : कैलालीको गौरीगंङ्गा नगरपालिका वडा नम्वर ९ का अध्यक्ष हरिप्रसाद तिवारीले एक महिनाको सेवा सुविधा कोरोना नियन्त्रण कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। अध्यक्ष तिवारीले नगरपालिकाबाट प्राप्त हुने एक महिनाको सम्पूर्ण सेवा सुविधा विपद व्यवस्थापन कोषमा दिने घोषणा गरेका हुन्।
“बिश्व अक्रान्त भईरहेको सर्बबिदितै छ, यसबाट हाम्रो देश नेपाल पनि अछुतो नरहेका कारण यस संकटको घडीमा सबैले सबैलाई सहयोग गर्न अति जरुरी देखिन्छ। मैले राज्य बाट पाउने एक महिनाको सम्पूर्ण सेवा सुबिधा हाम्रो नगरपालिकामा रहेको बिपद कोरोना कोषमा दिने निर्णय गरेको सम्पूर्ण नगरबासिमा जानकारी गराउदछु।’