सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली गौरीफन्टा नाकामा चेकजाँचमा कडाइ, प्रहरीसँगै तालिमप्राप्त कुकुर परिचालन

२०८३ असार २२, ०४:४९ खबर संवाददाता

कैलाली :भारतसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा नाकामा सुरक्षा जाँच थप कडा पारिएको छ। सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरीले तालिमप्राप्त कुकुर (स्निफर डग) सहित सघन चेकजाँच सुरु गरेको हो।

सीमाबाट नेपाल प्रवेश गर्ने तथा भारततर्फ जाने यात्रु, सवारीसाधन र सामानको प्रहरीले सूक्ष्म रूपमा जाँच गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए। लागूऔषध, विस्फोटक पदार्थ, अवैध सामान तथा अन्य शंकास्पद वस्तु पहिचान गर्न तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएकाले यात्रुले आवश्यक परिचयपत्र बोकी सुरक्षा जाँचमा सहयोग गर्न आग्रह गरिएको छ। सुरक्षा जाँचलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायबीच समन्वय गरी निगरानीसमेत बढाइएको छ।
प्रहरीले सीमा नाकाबाट हुने कुनै पनि गैरकानुनी गतिविधि नियन्त्रणका लागि यस्ता सुरक्षा अभियानलाई निरन्तरता दिइने जनाएको छ।

कमेन्ट लोड गर्नुस