सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदर्श नव युवा क्लवद्धारा दृष्टी फाउण्डेशनलाई सहयोग

२०७७ असार ११, ०९:३२ खबर संवाददाता

धनगढी- धनगढीको आदर्श नव युवा क्लवले दृष्टी फाउण्डेशनलाई सहयोग गरेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का युवाहरुको नव युवा क्लवले चार कट्टा चामल, पाँच लिटर तेल, चार किलोग्राम नुन र दुई काटुन चाउचाउ फाउण्डेशनलाई सहयोग गरेको हो। झण्डै आठ हजार बराबरको खाद्य सामाग्री सहयोग गरिएको क्लवका अध्यक्ष निराजन खड्काले बताए। 

क्वलले धनगढीको पञ्चोदय उच्च माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा पनि २२ दिन देखी खाना खुवाउदै आएको छ। क्लवका १२ जना युवाहरुले साझ र बिहानको खाना तथा नास्ता दिदै आएका हुन्।

उनीहरुले विद्यालयमा नै मेस सञ्चालन गरेका छन्। युवाहरुले स्वयम र टोल छिमेकबाट संकलन भएको रकमले मेस सञ्चालन गरेको खड्काले बताए। 

कमेन्ट लोड गर्नुस