सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा क्वारेन्टिन बसेर घर गएका व्यक्तिको मृत्यु

२०७७ असार ११, ०७:५२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टिनबाट घर गएका एक व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्केर क्वारेन्टिन बसी घर गएका अजयमेरु गाउँपालिका –५ का २६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले बताए।  

गाउँपालिकाको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टिनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडिटी गरिएको थियो। आरडिटी नेगेटिभ आएपछि घर फर्काइएका उनको गएराती घरमै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए। कोरोना भाइरसको कुनै लक्षण नदेखीएकाले पिसीआर नगराएर आरडिटी परीक्षण मात्रै गरेर घर पठाएको उनले बताए।

मृतक युवकको स्थानीयले परम्परागत रुपमा दहासंस्कार गरिसकेको छन्। 

कमेन्ट लोड गर्नुस