सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बाघको छालासहित तीन जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असार ९, ११:५८ रासस

बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट  बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुृर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ। पक्राउ परेकालाई चोरी शिकारी  तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस