सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिनबाट घर गएका युवकको मृत्युपछि कोरोना परीक्षण गर्न स्वाब संकलन

२०७७ असार ९, ०८:११ खबर संवाददाता

धनगढी : कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको हिजो साँझ मृत्यु भएकोमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको हो।

मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि धनगढी प्रयोगशालामा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आईतवार मात्रै घर पठाईएकोमा हिजो वडा नम्वर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो। 
 

कमेन्ट लोड गर्नुस