धनगढीका व्यापारीबाट संकलन गरिएको रकमले तरकारी र फलफुल सहयोग
धनगढी- धनगढीका व्यापारीहरुबाट संकलन भएको रकमले क्वारेन्टिनमा तरकारी र फलफुल सहयोग गरिएको छ।
कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले व्यापारीहरुबाट संकलन भएको रकमले वडा नम्बर ४ को क्वारेन्टिनको मेसका लागि आवस्यक पर्ने तरकारी तथा क्वारेन्टिनमा फलफुल सहयोग गरेका हुन्।
उनका अनुसार राम बहादुर शाहबाट दुई हजार पाँच सय, राधिका ब्युटिपार्लर्सका सञ्चालक राधिका चौधरीबाट एक हजार पाँच सय, प्रकाश चौधरी बाट चार सय २० र पुर्णानन्द जोशीबाट १ क्रेट अन्डा सहयोग गरिएको हो।