सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा थपिए आठ कोरोना संक्रमित

२०७७ असार ८, ०६:५३ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नरपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार थपिएका सबै संक्रमित वडा नम्बर ३ का रहेको स्वास्थ्य शाखाका प्रमुख बिरबहादुर कुँवरले जानकारी दिए। 

योसँगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३७ पुगको छ। संक्रमित मध्ये एक जना निको भएर घर फर्किएका छन भने एक जनाको मृत्यु भइसकेको छ।

सोमबार पनि कोरोना परीक्षणको लागि ४९ जनाको स्वाव संकलन गरेर सेती अस्पतालमा पठाएको स्वास्थ्य शाखाका प्रमुख कुँवरले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस