डडेल्धुरामा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०२ पुग्यो
डडेल्धुरा: सोमबार डडेल्धुरामा थप १५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा थप १५ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
जसमा अमरगढी नगरपालिका वडा नम्बर ११ का ६ र १० का ८ जना गरी १४ जना रहेका छन्। यस्तै अजयमेरु गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएका स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड –१९ सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले बताए।
योसंगै डडेल्धुरामा संक्रमितको संख्या डडेल्धुरामा २ सय २ पुगेको छ।