सुदूरपश्चिममा आज ४३ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९९१ पुग्यो
धनगढी : सुदूरपश्चिममा आज थप ४३ जनामा कोरोना पुष्टि भएको छ।
धनगढी स्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ९१ पुगेको छ। आज थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिए।
यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई÷दुई जना रहेका छन्।