धनगढीमा कारले मोटरसाईकललाई ठक्कर दिदा युवक घाईते
धनगढी : धनगढीमा कारले मोटरसाईकललाई ठक्कर दिदा एक युवक घाईते भएका छन्।
धनगढी उपमहानगरपालिकाको फुलबारीमा सुप्रप ००१च२७ १० नम्बरको कारले से ३ प २६९१ मोटरसाईकललाई ठक्कर दिदा वडा नम्बर १९ का ३५ वर्षीय विपतराम चौधरी घाईते भएको प्रहरीले जनाएको छ।
मोटरसाईकल चालक समेत रहेका उनको नवजीवन अस्पतालमा उपचार भईरहेको छ। कार चालक ३० वर्षीय पवन रावल भने फरार रहेका छन्। कार प्रहरीले नियन्त्रणमा लिएको छ।