सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकैरात चार पसलमा चोरी

फाईल फोटो
फाईल फोटो
२०७७ असार ६, ०३:२५ खबर संवाददाता

धनगढी: धनगढीमा एकैरात चार पसलमा चोरी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ का मोतीचोकमा एकैरात चार पसलमा चोरी भएको हो। असार ४ गते राति मोतीचोकमा रहेको बर्षा फेन्सी पसल, खनाल होटल, एउटा खोका र एउटा सिरक डसना बनाउने पसलमा चोरी भएको स्थानीय राजेश खातीले जानकारी दिए।

उनका अनुसार सो क्षेत्रमा पछिल्लो समय दिउसै चोरी हुन थालेको छ। यस्तै मोतीचोक नजिकै स्थानीय गीता बस्नेतको घरमा असार ५ गते पनि दिउसै चोरी भएको छ। बस्नेतका अनुसार परिवारका सदस्य माथिल्लो तलामा गएको सयमा दिउसो नगद र गहना चोरी भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले पनि चोरीका घटना बढेको जानकारी दिए। ‘पछिल्लो केही दिनयता चोरीका घटना बढेका छन्,’ उनले भने, ‘चोरीमा संग्लन पक्राउ र चोरी नियन्त्रणका लागि टोलटोलमा निगरानी राखिरहेका छौँ।’
 

कमेन्ट लोड गर्नुस