कैलालीमा कोरोनाले मृत्यु भएका पुरुषकी श्रीमती र दुई छोरामा पनि संक्रमण
धनगढी : कैलालीको गोदावरी नगरपालिका १ मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ बर्षिय पुरुषको सम्पर्कमा आएका परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ बर्षिय छोराहरुमा कोरोना संक्रमण पृष्टि भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताए।
यस्तै सोही ठाउँका ५८ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाले जनाएको छ। मृत्यु भएका ४६ बर्षिय पुरुषमा जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बुधवार सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।