धनगढीको सिटी पोली क्लनीकद्धारा ३२ कर्मचारीको कोरोना बिमा
धनगढी : धनगढीको सिटी पोली क्लनीकले कर्मचारीको कोरोना बिमा गरेको छ। पोली क्लनीकले आज ३२ जना कर्मचारीको कोरोना बिमा गराएको हो।
सगरमाथा इन्सोरेन्स धनगढी शाखाका प्रमुख हेमन्त लामिछानेले क्लनीकले कर्मचारीको कोरोना बिमा गराएको जानकारी दिए।
यस्तै धनगढीकै एबिआर इन्टरप्राईजेजले पनि १५ जना कर्मचारीको बिमा गरेको छ।
सगरमाथा इन्सोरेन्समै कर्मचारीको बिमा गराएको इन्टरप्राईजेजका सञ्चालक तिलकचन्द्र खतिवडाले बताए।