सुदूर नेपाललाई विश्वसँग जोड्दै

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घर भन्दा विद्यालय प्यारो

२०७५ साउन २, ०१:४४

बौद्धिक अपाङ्गता भएका बालबालीकाहरुलाई घर भन्दा विद्यालय प्यारो लाग्ने गरेको छ। अभिभावहकहरुले बालबालिकाहरुलाई माया गर्नुको साट्टा अपहेलना र घृणा गर्ने हुदा उनीहरुलाई घर भन्दा विद्यालय प्यारो लाग्ने गरेको छ। बझाङको मष्टा गाँउपालिकाको कुलमष्टाजन माविमा बौद्धिक अपाङगता भएका बालबालिकाहरुका लागी सुस्त मनस्थिती कक्षा सञ्चालनमा छ। स्मरण शक्ती कमजोर भएका बालबालिकाहरु यस विद्यालयमा अध्यायनरत छन्।

विद्यालयमा नै छात्रबासको ब्यावस्था भएका कारण बालबालीकाहरु घर जान नमान्ने गरेको विद्यालयका श्रोत शिक्षक नन्दराज जोशीले बताए। विद्यालय बाट नजीकै घर भएकी मष्टा गाँउपालिका भातेखोलाकी बसन्ती जोशीले आफुलाई घर भन्दा विद्यालय रमाईलो लाग्ने गरेको बताईन। घरमा अभिभावक, आफन्त र छिमेकीहरुले अपहेलना गर्ने लाटी भन्दै जिस्काउने गरेका कारण विद्यालयमा नै राम्रो लागेको उनको भनाई छ। उनी विगत २ बर्ष देखी विद्यालयमा बस्दै आएकी छन्।

यस्तै रिलुका ७ बर्षिया विजय बोहरा पनि १ बर्ष दखि विद्यालयमा बस्दै आएका छन। आफु जस्तै साथीहरु संग खेल्न र रमाईलो गर्न पाईने भएका कारण घर जान मन नलागेको उनले बताए। अहिले खप्तड छान्ना गाँउपालिका, मष्टा गाँउपालिका र केही नगरपालिकामा गरी सो विद्यालयमा ५ जना छात्रा र ७ जना छात्र गरी जम्मा १२ जना विद्यार्थी अध्यानरत छन्। विद्यालयमा बौद्धिक आपाङ्ता भएका बालबालिकाहरुका लागी निशुल्क अध्यान अध्यापन सहीत छात्रबासको व्यावस्था छ भन्ने बारेमा जिल्ला भरी प्रचार नभएका कारण विद्यार्थीहरु न्युन रहेको र यसको प्रचार गर्न जरुरी रहेको  विद्यालयका प्रचार्य मोहन थापाले बताए। यस्ता बालबालीकाका लागी विद्यालयमा सहयोग गरी यसको प्रचार प्रसार र विद्यालयमा बौद्धीक आपाङ्गता भएका बालबालिकाहरुको संख्या बढाउन सहयोग गर्ने मष्टा गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले बताए। 

कमेन्ट लोड गर्नुस