सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिनमै सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

२०७७ जेठ ३२, ०९:१५ खबर संवाददाता

लम्की-कैलालीमा क्वारेन्टिनमै महिलामाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिलामाथि शनिवार राति बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका हुन्। क्वारेन्टिनमै खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगी पक्राउ परेका हुन्।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रदर्शन गरेका छन्।

कमेन्ट लोड गर्नुस