धनगढीमा आईसियुमा भर्ना गरिएका पुरुषमा कोरोना पुष्टि
२०७७ जेठ ३२, १०:४०
धनगढी : धनगढीमा आईसियुमा राखेर उपचार गराईरहेका एकजनामा कोरोना पुष्टि भएको छ। धनगढीको नवजीवन अस्पतालको आईसियुमा भर्ना गरिएका गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ती पुरुषमा कोरोना पुष्टि भएको बताए। उनका अनुसार नवजीवन अस्पतालबाट उनलाई आज मात्र कोभिङ अस्पतालको आईसियुमा सारिएको छ।
कमेन्ट लोड गर्नुस