धनगढीबाट ब्राउन सुगरसहित एक पक्राउ
धनगढी: प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले धनगढी उप–महानगरपालिका –५ जाईबाट पाँच ग्राम लागुऔषध ब्राउन सुगरसहित पिमेल खड्कालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र धनगढी उप–महानगरपालिका –५ हसनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको सेवा केन्द्रका प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दले बताए।
शुक्रबार राती ११ बजे पक्राउ परेका खड्कालार्ई आवश्यक कारवाहीका लागि जिल्ला पठाइएको चन्दले बताए।