सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोनाले मृत्यु भएकी महिलाको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

२०७७ जेठ ३०, ०५:४० खबर संवाददाता

धनगढी : धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको ८ दिनपछि १५ जनाको रिपोर्ट आएकोमा कसैमा पनि संक्रमण नदेखिएको वडा अध्यक्ष दीपक कुमार थापाले बताए।

उनले ४ नम्वर वडाको क्वारेन्टिनामा राखिएका आरडिटी पोजेटिभको रिपोर्ट पनि नेगेटिभ आएको बताए। धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मिराज उपाध्यायले परिवारका सदस्यसहित छिमेकीको रिपोर्ट नेगेटिभ आएको बताउँदै भने, ‘रिपोर्ट नेगेटिभ आएपनि सतर्कता अपनाउन भनेका छौ।’

मृतक महिलाको अन्त्येष्टिमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना सहभागी भएपनि अन्यको परीक्षण हुन सकेको छैन्। मृतकलाई सेती प्रादेशिक अस्पताल सम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाट सम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका थिए। 

गत शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु थियो भने ती महिलाको शनिवार बिहान अन्त्येष्टि गरिएको थियो। शनिवार दिउसो मात्रै उनको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि भएको थियो।
 

कमेन्ट लोड गर्नुस