विपद् उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने
काठमाण्डौँ– प्राकृतिक विपतमा खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो।
जोखिमपूर्ण काममा खटिने सुरक्षाकर्मीको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने निर्णय गरिएको सरकारले जनाएको छ।
प्राकृतिक विपद्को उद्धारमा देशभरि विशिष्टीकृत जिम्मेवारीसहित सशस्त्र प्रहरी खटिँदै आएको छ।