सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टि फाउण्डेसनलाई हेल्प फर ह्याप्पीनेसद्धारा स्कुटर खरिदका लागि १३ हजार सहयोग

२०७७ जेठ ३०, ०३:३१ खबर संवाददाता

धनगढी : असहायलाई आश्रय दिदै आएको धनगढीको दृष्टि फाउण्डेसनलाई हेल्फ फर ह्याप्पीनेसले आर्थिक सहयोग गरेको छ।

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था ह्याप्पीनेसले गत चैतमा फाउण्डेसनको स्कुटरमा अज्ञात समूहले आगजनी गरेपछि नयाँ खरिदका लागि भन्दै १३ हजार ५५ रुपैँया आर्थिक सहयोग गरेको हो।

ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले फाउण्डेसनले आश्रीत ४४ असहाय तथा मनोरोगीको पालनपोषणका लागि आवश्यक पर्ने समाग्री व्यवस्थापन गर्दै आएको  स्कुटर आगजनी गरेपछि सवारीसाधन विहिन हुँदा समस्या भएको जानकारी पाएपछि नयाँ खरिदका लागि सहयोग गरिएको जानकारी दिए।

संस्थाको आपतकालीन असहाय सहयोग कोषबाट उक्त रकम फाउण्डेसनलाई सहयोग गरिएको हो।

भण्डारीले स्कुटरकै सहायतामा  फाउण्डेसनमा आश्रीत असहायको पालनपोषणका लागि आवश्यक पर्ने सामाग्री व्यवस्थापन गर्दै आएको भएपनि सवारीसाधन विहिन हुँदा समस्या भएकाले सहयोग गरेको बताए।

गत चैत्र ५ गते बुधबार राती फाण्डेसनको से ७ प २१८२ नम्वरको स्कुटरमाथि अज्ञात समूहले आगजनी गरेको थियो। तर अहिले सम्म आगजनी कसले र किन गर्‍यो  भन्ने कुरा खुल्न सकेको छैन।

 

 

कमेन्ट लोड गर्नुस