सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको आईसियुमा भर्ना गरिएका पुरुषको पीसीआर रिर्पोट नेगेटिभ

२०७७ जेठ ३०, ०१:२१ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आईसियुमा राखेर उपचार गराइरहेका पुरुषको पीसीआर रिर्पोट नेगेटिभ आएको छ।

आरडिटी पोजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय पुरुषको पीसीआर रिर्पोट नेगेटिभ आएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उनको रिर्पोट नजेगेटिभ आएपनि श्वासप्रश्वास सम्बन्धी समस्या देखिएकाले आईसियुमै राखेर उपचार भईरहेको बताए। उनी दमका रोगी रहेको श्रेष्ठले बताए।

ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आईसियुमा भर्ना गरिएको थियो। उनलाई कोरोना विशेष अस्पतालको आइसियु वार्डबाट मेडिकल वार्डमा सार्ने तयारी भईरहेको छ। 
 
 

कमेन्ट लोड गर्नुस