कोरोना परीक्षण बढाउन सुदूरपश्चिम सरकारले माग्यो ८ जना ल्याव टेक्निसियन
धनगढी : सुदूरपश्चिम सरकार ८ जना ल्याव टेक्निसियन थप्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को परिक्षण बढाउनका लागि प्रदेश सरकारले ८ जना ल्याव टेक्निसियन थप्नका लागि विज्ञापन खोलेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ती तथा व्यवस्थापन केन्द्रले विहिबार ८ जना ल्याव टेक्निसियनका लागि सूचना प्रकाशन गरेको केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले जानकारी दिए। जेठ ३२ गते सम्म आवेदन खुला रहने उनले बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ८ जना ल्याव टेक्निसियन थपिए कोरोना भाइरसको परिक्षणले तिव्रता पाउने बताए।
‘कर्मचारीको अभावका कारण कोरोना भाइरस (कोभिड–१९) परिक्षण बढाउन सकिएको थिएन्। थप पीसआिर मेसिन जडान गर्ने तयारी पनि छ। ८ जना कर्मचारी करारमा थपिए परीक्षण बढ्छ।’ उनले भने।