सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका विभिन्न क्वारेन्टाइनमा बसेकालाई खाजा

२०७७ जेठ २९, ०२:०६ खबर संवाददाता

धनगढी :धनगढीका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा सहयोग गरिएको छ।

बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बङरामा रहेको सरस्वती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका २४ जना, भवानी माविको क्वारेन्टाइनमा बसेका ४० जना, वडा नम्बर १८ स्थित खप्तडी आधारभुत विद्यालय एफ गाउँको क्वारेन्टाइनमा रहेका ६३ जना, वडा नम्बर १९ स्थित फुलबारी माविमा बसेका ६० जनालाई खाजा सहयोग गरिएको हो।

विभिन्न दाताहरुबाट संकलन भएको रकमबाट उनीहरुलाई दिउँसोको खाजा सहयोग गरिएको हो। समाजसेवी मदन कुँवरबाट १० हजार, श्याम फेन्सी स्टोर साल्ट ट्रेडिङ्गबाट ५ हजार र बब्लु सिंहबाट प्राप्त १ हजार सहयोग रकमबाट खाजा वितरण गरिएको उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले बताए।

 

कमेन्ट लोड गर्नुस