सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती अस्पताल भर्ना

२०७७ जेठ २९, ०८:११ खबर संवाददाता

धनगढी : आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्ड भर्ना भएका छन्।

कैलालीका दुई र बाजुरामा दुई जना गरी आरडिटी पोजेटिभ देखिएका चार जनालाई आईसोलेसन वार्डमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय पुरुषलाई बुधबार आईसोलेसन वार्डमा भर्ना गरिएको हो।

यस्तै आरडिटी पोजेटिभ देखिएका बाजुराको त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष र ४९ वर्षीया महिलालाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ।

उनीहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ।

तीन जनाको अवस्था समान्य भएपनि कैलालीको घोडाघोडी १० का ४८ वर्षीय पुरुषको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस