बुवाको जन्मदिनमा कन्चनद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका कन्चन पन्त(सिँह)ले मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेकी छन्। आफ्ना बुवा नन्दराज पन्तको जन्मदिनको अवसरमा उनले आश्रमलाई खाद्यान्न सहयोग गरेकी हुन्।
ऐश्वर्या विद्या निकेतनकी शिक्षिका समेत रहेकी उनले आश्रममै पुगेर दुई बोरा भुजा, दुई कार्टुन चाउचाउ, एक कार्टुन बिस्कुट लगायतका खाद्यान्न सामग्री सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ।