धनगढीमा सामुदायिक वनद्वारा स्वास्थ्य सामग्री वितरण
धनगढी : धनगढीमा सामुदायिक वनले व्यक्तिगत स्वास्थ्य सामग्री वितरण गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा रहेको खुटिया सामुदायिक वन उपभोक्ता समुहले क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको हो।
वडा नम्बर १२ को विद्यालयमा स्थापना गरिएका क्वारेन्टाइनमा बसेकाहरुलाई नुहाउने साबुन, मास्क, स्प्रे र फिनाइल वितरण गरिएको खुटिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रबहादुर विकले बताए। भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका तीन सय जनालाई उक्त समाग्री वितरण गरिएको उनले बताए।