सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कार र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २७, ०९:४३ खबर संवाददाता

धनगढी : कैलालीमा कार र मोटरसाईकल ठोक्किदा साईकल यात्रीको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकाको सुख्खडमा भएको दुर्घटनामा परी साईकल यात्री स्वर्णिमा चौधरीको मृत्यु भएको हो। पुर्व बाट पश्चिम तर्फ आईरहेको बा ८ च २१०० नम्बरको कार र से ५ प ५७०६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार सोही दुर्घटनामा परी तीन जना घाईते भएका छन्। मोटरसाईकल चालक ४० वर्षका जयन्त सुनार पछाडी सवार ४५ वर्षका डबल शाह र मृतक चौधरीका ५ वर्षीय छोरा घाईते भएका हुन्। उनीहरुको अहिले घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस