कैलालीमा खैरो हेरोइनसहित ७ जना पक्राउ
धनगढीः कैलालीमा खैरो हेरोइनसहित ७ जना पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ११० मिलिग्रामसहित सोही नगरपालिका–३ कटानपुर बस्न २६ वर्षीय उमेश चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उमेशलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी, धनगढी उपमहानगरपालिका–३ माछा मार्ग टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ३३५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज चौधरी समेत ५ जनालाई वुधबार वेलुकी प्रहरीले पक्राउ गरेको छ। पाँचै जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले लागूऔषध सेवन गरी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
यसैगरी, धनगढी उपमहानगरपालिका–१० घुईया घाटबाट अवैध लागूऔषध खैरो हेरोइन १६६ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश रानालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।