भारतबाट धनगढी पुगेकै दिन मृत्यु भएका बृद्धको कोरोना परीक्षण नहुने
धनगढी : भारतबाट धनगढी पुगेकै दिन मृत्यु भएका एक बृद्धको कोरोना परीक्षण नहुने भएको छ। भरतबाट फर्किदा कैलालीको त्रिनगर नाकामा बेहोस भएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएकोमा उनको कोरोना परीक्षण नहुने भएको हो।
सेती अस्पतालका इमर्जेन्सी वार्ड प्रमुख कृष्ण बोहराले दम र प्रेसरबाट पीडित उनको सोही कारणले मृत्यु भएको बताउँदे उनमा मिर्गौला रोग समेत रहेको बताए।
अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले कोरोनाको लक्षण नदेखिएको र आरडिटि रिपोर्ट पनि नेगेटिभ आएको हुँदा उनको पिसिआर परीक्षण आवश्यक नरहेको जानकारी दिए।