सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुथरन विश्व फेडेरेसनद्वारा धनगढीमा राहत सामग्री वितरण

२०७७ जेठ २७, ०५:५७ खबर संवाददाता

धनगढी : लुथरन विश्व फेडेरेसनले धनगढीमा राहत सामग्री वितरण गरेको छ। संस्थाले अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरेको हो। 

फेडेरेसन नेपालको सहयोग तथा दिगो विकाश समाज, धनगढी उपमहानगरपालिका र सर्वांगीण अपांगता  विकास समाज नेपालको साझेदारीमा वडा नम्बर १, २, ३, ७ र १३ मा रहेका विपन्न वर्गका अति अशक्त अपांगता भएका ४७ जनालाई राहत वितरण गरिएको हो। उनीहरुलाई नेपाल सरकारको मापदण्डअनुसार ३०किलो चामल, ३ किलो दाल, नुन २ पाकेट, खाने तेल २ लिटर, साबुन ४ पिस, मास्क ५ पिस र सेनेटाइजर १ बोतल हस्तान्तरण गरिएको सर्वांगीण अपांगता विकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले बताए। 

साथै भोली थप १२ स्थानमा समेत राहत वितरण हुने र यो अभियानले १ सय ३० जना गरिब अशक्त अपांगता भएका व्यक्तिहरु लाभ हुने बताइएको छ। 

 

कमेन्ट लोड गर्नुस