धनगढीमा क्वारेन्टाईनमा बसेकालाई खाद्यसामाग्री वितरण
धनगढीमा क्वारेन्टाईनमा बसेका लाई खाद्य सामाग्री वितरण गरीएको छ। धनगढी उपमहानगरपालिका ५ समाजसेवी सुवोध उप्रेती, वडा नम्बर ३ का रतन केसी, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्प राज कुवँरले धनगढीका विभिन्न विद्यालयमा क्वारेन्टाईनमा बसेका नागरीकलाई खाद्यान्न सामाग्री तथा नास्ता वितरण गरेका हुन्।
वडा नम्बर १४ को पञ्चोदय माध्यामीक विद्यालय, सर्बोदय मा बि , शिव संकर आधारभुत विद्यालय, वडा नम्बर १९ को फुलबारी बहुमुखी क्याम्पस र वडा नम्बर १८ को चन्द्रोदय माध्यामीक विद्यालयमा क्वारेन्टाईनमा बसेकालाई उनिहरुले विस्कुट, नमकिन, फुरनदाना वितरण गरेका हुन्।
सोमबार खाद्यसामाग्री वितरणमा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गगन राज केसी, सचिव सिद्धराज पनेरु एवं धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तिलक चन्द खटिवडा र सदस्य श्याम कृष्णले सहयोग गरे। १४ पेटि पानी, बिस्कुट ३ पेटि, भुजा १ बोरा, फुरनदाना ७२ पाकेट, नमकिन ५० पाकेट लगायत वितरण गरीएको उद्योग वाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरुले जानकारी दिए।
उनले क्वारेन्टाईनमा बसेकालाई नास्ताको समेत व्यवस्था नगरीदा सहयोग गरीएको बताए।