नेत्रहीन संघका अध्यक्ष रावलद्वारा क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न सहयोग
सुदूरपश्चिम प्रदेश नेत्रहिन संघले क्वारेन्टाईनमा बसेकालाई खाद्यान्न सहयोग गरेको छ। प्रदेश नेत्रहिन संघका अध्यक्ष तथा सामाजिक अभियान्ता अर्जुन रावलले सोमबार कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ का विभिन्न विद्यालयमा क्वारेन्टाइनमा बसेका लाई खाद्यान्न सहयोग गरेका हुन्।
रावलले नगरपालिकाको सेती होलि ल्यान्ड बोर्डिङ स्कुल, ओम न्यु स्टार पब्लिक बोर्डिङ स्कुल र जनहित बाल प्रा।विमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाहरुलाई खाद्यान्न सहयोग गरीएको बताए। उनले ६ क्यारेट अण्डा र १८ केजी चना सहयोग गरेका हुन्। यसका साथै क्वारेन्टाइनमै बसिरहेका गर्भवती तथा बालबालिकाहरुलाई पोषणयुक्त खानाको अभाव नहोस् भनेर प्रतिदिन साढे ८ लिटरका दरले एक हप्ता सम्म दूध प्रदान गर्ने प्रतिबद्धता समेत उनले गरेका छन्।
उनले कोरोेना भाइरसको विपत्तको समयमा सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि सबैलाई आग्रह गरे। नेत्रहिन युवा संघका केन्द्रिय सदस्य समेत रहेका उनी लामो समयदेखि सामाजिक कार्यमा खटिरहेका छन्।