सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमितको मृत्युपछि सिल गरिएको सेती अस्पतालको डायलासिस वार्ड फेरी सुचारु

२०७७ जेठ २६, ०१:५८ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालमा बिरंग हेल्थ केयर प्रालीले सञ्चालन गर्दै आएको डायलासिस वार्ड फेरी सुचारु भएको छ। डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि शनिवारदेखि डायलासिस वार्ड सिल गरिएकोमा आजदेखि पुनः सेवा सुरु गरिएको हो।

शुक्रबार डायलासिस वार्डमा धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको मृत्यु भएकोमा शनिवार कोरोना पुष्टि भएसँगै शनिबारदेखि नै वार्ड सिल गरिएको थियो।

बिरंग हेल्थ केयरले आज एक विज्ञप्ती जारी गर्दै आजदेखि नियमित सेवा सुरु भएको जनाएको छ।

कमेन्ट लोड गर्नुस