कैलालीका अर्का संक्रमितलाई पनि सेती अस्पताल ल्याईयो
धनगढी : कैलालीका अर्का कोरोना संक्रमितलाई पनि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
आइतबार कोरोनाको संक्रमण पुष्टि भएका गौरीगंगा नगरपालिका वडा नम्बर ११ मसुरियाका ४७ वर्षीय पुरुषलाई आईसोलेसन वार्डमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यो सँगै सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको संख्या २६ पुगेको छ। सेतीमा यसअघि आइतबार मात्र ६ जना लक्षण देखिएका संक्रमितलाई भर्ना गरिएको थियो।
१९ जना भने त्यस भन्दा पूर्व नै अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए।