छाँया नेपालद्धारा अपांगता भएकाहरुलाई सहयोग
२०७७ जेठ २५, ०८:४०
धनगढी- कैलालीको गोदावरी नगरपालिका क्षेत्रका ५० जना अपांगता भएका व्यक्तीलाई छाँया नेपालले सहयोग गरेको छ। सामाजिक संस्था छाँया नेपालले एक लाख ३१ हजार पाँच यस बरारको खाद्यान्न लगाएतका सामाग्री सहयोग गरेको हो।
उनीहरुलाई प्रति व्याक्ती २५ किलोग्राम चामल, दुई किलोग्राम दाल, दुई किलोग्राम नुन, एक लिटर तेल, दुई वटा साबुन र एक झुल सहयोग गरिएको संस्थाले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस