सुदूर नेपाललाई विश्वसँग जोड्दै

नविन दाना उद्योगद्वारा क्वारेन्टाइनमा बसेकालाई खाजा सहयोग

२०७७ जेठ २५, ०७:३७ खबर संवाददाता

धनगढी : नविन दाना उद्योगका संचालक दिनेश लम्सालले क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा सहयोग गरेका छन्।

उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ३  को क्वारेन्टाइनमा रहेका ६० जना र वडा नम्बर ४ मा रहेका १९ जनालाई अण्डा, चिउरा, केरा र जुस सहयोग गरेका हुन्।

उनले आज क्वारेन्टाइन स्थलमै पुगेर उद्योग वाणिज्य संघका उपाध्यक्ष गगन केसी, सचिव सिद्धराज पनेरु र सदस्य एवं धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तिलक चन्द खतिवडाको उपस्थितिमा वडा अध्यक्ष  दिपक थापा मार्फतसो खाजा हस्तान्तरण गरेका हुन्।

कमेन्ट लोड गर्नुस