सुदूर नेपाललाई विश्वसँग जोड्दै

नविल बैंकले संचालनमा ल्यायो ‘जेन एन एकाउन्ट’

२०७७ जेठ २५, ०७:१८ खबर संवाददाता

धनगढी : नबिल बैंकले ‘जेन एन एकाउन्ट’ संचालनमा ल्याएको छ। आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता नै ‘जेन एन एकाउन्ट’ रहेको बैंकले जनाएको छ। 

यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिङ, भाईबर बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन ट्राजिक्सन, एनटिसी टु जिबी डाटा प्याकेज निःशुल्क जारी गरिएको बैकका जनाएको छ। 

यस्तै नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने बताएको छ। १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि लाभ लिनसक्ने बैंकको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस