सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई संक्रमित लक्षण देखिएपछि सेती अस्पताल भर्ना

२०७७ जेठ २५, ०६:१७ खबर संवाददाता

धनगढी :  कोरोना पुष्टि भएपनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पातलले आइसोलेसनमा नराखेरै फिर्ता पठाएका धनगढीका दुई जना अस्पताल भर्ना भएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर १४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि आज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यसअघि प्रादेशिक अस्पतालले स्वास्थ्य निर्देशनालयले जारी गरेको निर्देशिका अनुसार लक्षण नभएको भन्दै दुवै संक्रमितलाई क्वारेन्टिनमा बस्नेगरी जेठ २३ गते फिर्ता पठाएको थियो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने उल्लेख भएपछि उनीहरुलाई फिर्ता पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। तर अहिले लक्षण देखिएपछि सोही निर्देशिका अनुसार आइसोलेसनमा भर्ना गरिएको हो।
 

कमेन्ट लोड गर्नुस