अब भारत नपसौँ
भाग-१
कृष्ण खड्का
लम्की : मिठो स्वर भएकी विद्या चापागाँईको यूट्युवमा हेर्ने कथा नामको च्यानल छ। इलम –सपना श्रृंखला एपिसोड–०६ मा खाडी मुलुकमा छदा मासिक २५००० कमाउने छेटु गुरुङ्ग अहिले मासिक ५०,००० सजिलै कमाउँछन।
त्यो पनि दिनमा औसत ३ घण्टा मात्र काम गरेर। बनेपा पनौती पूर्व बल्थली सम्म आजभोलीआलु खेती मात्र गरीन्छ। कारण विशिष्टीकरण हो। कुनै पनि क्षेत्रमा विशिष्टीकरण नगरी यो युगमा सुखै छैन। विशिष्टीकरण गर्न जति ढिला त्यती घाटा।
कोभिड–१९ महामारी पश्चात सुदुरपश्चिममा मात्र करिब झण्डै ढाइ लाख बढी मानिसहरु आ–आफ्नो घर फर्केका छन्। यो क्रम जारी छ।
म ढुक्कका साथ भन्न सक्छु नेपालमा सदावहार चल्ने तिनवटा व्यवसाय क्षेत्रहरु मात्र हुन्– कृषि , पर्यटन र शिक्षा। व्यवसाय र विकासको बारेमा सोच्दा जहिले पनि दिगो विकासको बारेमा सोच्नु पर्छ। दिगो विकासको बारेमा सरकारले सोच्ने हो भने दिगो व्यवसायको बारेमा व्यवसाय गर्नेले सोच्ने हो।
यस भागमा कृषि व्यवसायको बारेमा मात्र चर्चा गरिनेछ।
भारतमा सबैभन्दा बढी काम गर्न जानेमा सुदूरपश्चिमेली पर्छन। यसमा कमाउन भन्दा पनि जिविको पार्जन को लागी जानेको संख्या धेरै छ। अर्थात कमाउने रहर भन्दा, बाच्ने रहर बढी। आजभोली स्वभाभिक रुपमा गाउँ–गाउँमा, टोल–टोलमा अब के गर्ने भन्ने बहस चल्न थालेको छ ।तत्काल गर्न सकीने र सजीलै गर्न सकीने व्यवसाय भनेको कृषि व्यवसाय नै हो। बाझो खेतमा धान रोप्ने, बाझो पाखोमा मकै छर्ने ............आदी। यस्तो कृषि पेशा त हाम्रो पूर्खा हरुले गर्दै आएका छन , थिए। हामीले अब पनि यति मात्र गर्ने हो भने त्यो जिविको पार्जनको लागी मात्र हो र हुनेछ । पुग नपुग हाम्रो पेट पालिन्छ।
अब हामीले त्यही कृषि पेशालाई जिवन पाल्ने व्यवसाय बाट जिवन धान्ने व्यवसायको रुपमा विकास गर्नु पर्छ, अर्थात दिगो कृषि व्यवसायको रुपमा। सामान्य अर्थमा दिगो व्यवसाय भन्नाले नाफा कमाई तपाईका सबै आवश्यकता पूरा गर्ने र भविश्यमा तपाईका सन्तानले बिडो थाम्ने। अब हामीले यस्तो कृषि व्यवसाय अगान्नु पर्ने छ।
के गर्न सकिन्छ त ?
दिगो विकास र विशिष्टीकरणको जगमा सरकारी अधिकारीको राय सुझाव लाई समेत आधार मान्दै फरक फरक जिल्लामा फरक फरक विकल्पहरु अघि सार्न सकिन्छ। जुन तपाईको लागी सहयोगी हुन सक्छन्।
आ–आफ्नो जिल्लामा के–के गर्न सकिन्छ भन्ने सवालमा सबैभन्दा उत्तम विकलको रुपमा नेपाल सरकार मातहतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई आधार मान्न सकिन्छ।
सुदुरपश्चिममा पाईने वंशाणु स्रोत संरक्षण भएको जडीबुटी प्रजातिको नाम
सर्पगन्धा, बोझो, घ्यूकुमारी , कालमेघ, तितेपाती, कुरिलो, आँक, घोडताप्रे, पामारोजा, लेमनग्रास ,सिट्रोनेला, तुलसी, पिपला, गुर्जो, अपमार्ग, लज्जावली ,दमबुटी, सिस्नो, स्टीभिया, पेपिनोमेलान, धुपी, सुगन्धकोकिला र तेजपात।
७० को दशकमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरु : भारत तर्फ ः जुट र जुटका सामान, जुस, पोलिष्टर यार्न, अलैची, कपडा, जिंक सिट, पाम तेल, अन्य तार, खोटो, जी आइ पाईप, पिना, तामाको तार( रड), दन्त मञ्जन, आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, अदुवा, पशुदाना र धागो।
अन्य मुलुक तर्फ : उनी गलैचा, तयारी पोशाक, पश्मिना, दाल, प्रशोधीत छाला, हस्तकलाका सामान(धातु र काठ बाट बनेका), चिया, नेपाली कागच, चाँदीका गरगहना, जडीबुटी, अन्य हस्तकलाका सामान र चाउचाउ।
माथीका विभिन्न उपलब्ध स्रोतहरु र आजभोली नेपालबाट हुने मुख्य निर्यात वस्तुहरु को आँकलन गरेर पनि हामी हाम्रो व्यवसायको लक्ष्य निर्धारण गर्न सक्छौ।
विकल्पहरु
सन् १९६५–६६ को एक वर्षमा मात्रै बैतडीको झुलाघाट ( ७ कि.मि. पश्चिमट्टि सिमानापारी भारतको पिथौरागढ जस्तो ठुलो शहर पर्छ ) बाट नेपालमा अन्य कुनै पनि ठाँउभन्दा बढी करिब ३३३६४८ किलोग्राम घिउ बाहिरिएको थियो। ठुलो संकटको त्यही वर्ष सन् १९६६ को जुन २७ का दिन आएको भुकम्पले सुदूरका बैतडी ,दार्चुला, बझाङ्ग र बाजुराका अनेक भु–भागमा ठुलो क्षति पुर्याएको थियो। ३३३६४८ किलोग्राम घिउ उत्पादनलाई प्रत्येक वर्ष करिब १० प्रतिशतको दरले उत्पादन बृद्धि भएको आधारमानी अहिलेको खुद्रा बजार मूल्य सँग तुलना गर्ने हो भने यो करिब ६३ अर्ब बराबरको हुन आउँछ। यसका साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बैतडी जिल्लालाई तरकारी खेतीका लागी ब्लकमा राखेको छ । दाँते ओखडको लागी पनि बैतडी जिल्ला लाई पकेट क्षेत्र मानिन्छ।
सुदुरपश्चिममा तेले लेक (२७८७ मिटर) जस्ता सयौ लेकहरु छन्। यी लेकहरुका रुखहरुमा एक किसिमको झ्याउ पाईन्छ। यो झ्याउबाट डल्लफ तथा डसना बनाउन सकिन्छ। यसरी बनेका डल्लफ तथा डसना हरुमा सुत्ने बानीले क्यान्सर, माईग्रेन्ट र मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु समाधान हुन्छन् भन्ने बलियो विश्वास छ। हाल यो नेपालबाट चाइना, जापान र कोरीया मा निकासी भईरहेको छ।
सुदुरपश्चिममा आर्थिक बर्ष २०७५÷०७६ मा सरकारी तथ्याङ्क अनुसार करिब १६१८ हेक्टर जमिनमा २७०३३ मेट्रिक टन अदुवा उत्पादन भएको थियो (१ हे. मा करिब १६.७१ मेट्रिक टन ) । यसको अहिलेको खुद्रा बजार मुल्य करिब७ अर्ब बराबरको हुन आउँछ ।डोटीको सहजपुर क्षेत्रलाई विशेष रुपमा अदुवाको पकेट क्षेत्र मानिन्छ। यसका साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ले डोटी जिल्ला लाई अदुवा र वेसार को लागी ब्लकमा राखेको छ। सुदुरपश्चिमका सबै जिल्लामा पाईने सिस्नोको साग त तपाई हामी सबैले खाएका छौ। यसलाई अर्गानीक चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। हरियो पाँत र धुलो दुबै।
जुम्लाको मार्सी चामलको भात को देशमा ठुलो चर्चा छ। मर्सी चामल बराबरको गुणस्तर भएको डोटी जील्लामा जोरायल बाँसमती चामलको ठुलो पकेट क्षेत्र छ। यसलाई प्रर्बद्दन गरी व्यावसायीक रुपमा विकास गर्न सकिल्छ। विशेष गरी डडेलधुरा जील्लामा बढी पाईने लोक्ता जडीबुटीको प्रयोग गरी नेपाली कागज बनाउने उद्योग सञ्चालन गर्न सकिन् । यसका साथै आलुको लागी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ले डडेलधुरा जिल्ला लाई सुपरजोनमा राखेको छ।
जैतुन तेलको आजभोली प्रयोग कर्ताहरु बढ्दै गईरहेका छन्। बाजुरा जिल्ला यसको लागी प्रबल सम्भावना भएको जिल्ला मानिएको छ। यसका अतिरित्त आलुको लागी पनि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ले बाजुरा जिल्ला लाई जोनमा राखेको छ। यसका अतिरित्त ओखर, स्याँउ र कागती को लागी पनि बाजुरा प्रबल सम्भावना भएको जिल्ला हो।
केन्द्रिय सरकारको बजेट, निति तथा कार्यक्रम
हामी सबैलाई के थाहा छ भने नेपालमा कृषि निति तथा कार्यक्रमको अभावले कृषिको विकास नभएको होईन्। निति तथा कार्यक्रम छन्, बन्छन तर कार्यान्वयन हुदैनन्। यो समस्याको समाधान भनेको सामुहिक जनदबाव हो। जति धेरै हामी जनदवाव दिन सक्छौ त्यती धेरै कार्यान्वयन हुने सम्भावना बढ्छ।
यसपालीको बजेटमा भुमी बैंक, किसान क्रेडिट कार्ड, नयाँ व्यवसाय शुरु गर्नेलाई २ प्रतिशतमा पुजिगत ऋण, ५ प्रतिशतमा कृषि ऋण, समुहगत र सहकारी मार्फत बाट विभिन्न अनुदान, कृषक देखी बजारसम्म पूर्ति शृंखलाको सुद्रिढिकरण, एक पालीका एक कृर्षि पकेट क्षेत्र, घुम्ती माटो परिक्षण सुविधा आदी प्रमुख रुपमा रहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट, निति तथा कार्यक्रम
प्रदेश सरकारको सम्वत २०७७/०७८ को निति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथिमिकतामा राखेको छ। कृषि उत्पादन र प्रतिफलको आधारमा अनुदान ,स्वरोजगार कोष मार्फत सहुलियतदरमा बिना धितो ऋण, “नमुना गाँउ आफै बनाउ” कार्यक्रम मार्फत कृषि व्यवसायलाई प्रोत्साहन, जग्गाको चक्लाबन्दी, कृषि व्यावसायीकरण र आधुनीकीकरण, “कृषक सँग कृषि विद्यार्थी”कार्यक्रम मार्फत कृषि सेवालाई थप टेवा दिने,आदी प्रमुख रुपमा रहेका छन्।
वित्तिय स्रोतको जोहो र सरकारको भूमिका
हाम्रो सरकारको निति पनि गज्जबको छ। वाणिज्य बैक धेरै भए भनेर प्राईभेट बैकहरुलाई मर्जरमा जाँउ भन्छ तर आफ्नो मातहतका बैकहरु कृषि विकास बैक , नेपाल बैक लिािटेड र राष्ट्रिय वाणिज्य बैक लाई आफु मर्ज गर्दैन। पूर्वाधार विकासको लागी छुटै पूर्वाधार विकास बैक खोल्छ तर भएको कृषि विकास बैक लाई कृषि क्षेत्रमा मात्र ऋण दिने बैक बनाउन सक्दैन । जबकी जिडिपि मा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ।
अब निति बदल्नु पर्छ। र यसको लागी आन्दोलन गर्नु पर्छ। तत्काल वित्तिय स्रोत लागी अहिलेको समयमा चाही केन्द्र सरकार बाट बिनियोजन हुने रकम बाट गर्न सकिन्छ। हरेक गाँउ पालिका नगर पालिकामा तत्काल कृषि सहकारी खोल्ने, आवश्यकता अनुसार बजेट विनियोजन गर्ने र लालपूर्जा ( जुनसुकै ठाउँको), शिप, बैदेशिक रोजगार र शैक्षिक प्रमाण पत्रलाई आधार बनाई तुरुन्त ऋण को व्यवस्था गर्ने ।सम्भावनाको आधारमा स्थानीय जडीबुटी को उपयोग र रोजगारी सृजना गर्न कम्तिमा एक स्थानीय निकायमा एक घरेलु उद्योगको अनिवार्य स्थापना गर्ने।
अन्तमा, नेपालीले भारतबाट जति पैशा कमाउछन्, त्यो भन्दा धेरै भारतिहरु ले नेपालबाट कमाउछन् भन्ने कुरा त हामी सबैलाई थाहा नै छ। हिन्दिमा एउटा भनाई छ, “पैसा न जाना भि आना होता ह।ै” हामी हाम्रो जीवन शैली लाई केही हद सम्म पुरानो जिवन शैलीमा लैजान सक्छौ। जस्तो रिठाले लुगा धुने, पिनाले नुहाउने, स्यालाको छडिले दाँत माझ्ने, ................आदी। यसका अलवा वस्तु साटासाट गर्ने, खेत पाखो बाझो नराख्ने, पैचो पालो गर्ने जस्ता काम त अब अनिवार्य जस्ता नै हुने छन्। स्मरणरहोस अहिले रोपेको एक दाना मकैले भोलीको एक छाक टार्ने छ।